Loading... आजः मङ्लबार, भदौ २५, २०८१
Trending

दैलेखका अधिकांश गाउँमा पहिरो

आठबिसमा नगरपालिका पहिरो बगायो तीन घर

दैलेख  : लगातारको भारी वर्षाका कारण गएको पहिरोले तीन घर बगाएको छ । दैलेखको आठबिस नगरपालिका वडा नः ३ को जास्की र वडा नः ५ को माला चौरमा बुधवार दिउँसो गएको पहिरोले घर बगाएको जिल्ला प्रहरीका कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्र आर्चायले २ स्थानमा गएको पहिरो बाट तीन घर बगाएको र तीन घरका स्थानीय विस्थापित भएको बताए । उनले पहिरो दिउँसो आएका कारण मानवीय क्षति नभएको बताए । उनले भने सडक खन्दा नालीको व्यवस्थापन गर्न नसक्दा भल बस्ती तीर पसेपछि घर भत्केको हो ।

आठबिस नगरपालिका दैलेखका नगर प्रमुख खड्कराज उपाध्यायले पहिरोले घर पुरेपछि आफै प्रहरी लिएर घरका सामाग्रीहरू उद्धार गरेको बताए । उनले पहिरोले घर बगाएका तीन र विस्थापित भएका तीन घरका लाई विद्यालयमा सार्ने तयारी गरेको बताए । उनीहरुलाई सामाग्री राख्न तत्काल त्रिपाल दिएको र घर निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने बताएका छन ।

आठबिस नगरपालिका वडा नः ५ का वडा अध्यक्ष कर्ण आलेले आफ्नो वडा पहिरोको जोखिममा रहेको बताउनुभयो । उहाँले माथि ठुलो पहाड छ पहाडको तीरमा बस्ती भएका कारण कति बेला पहिरो आउने हो स्थानीय सधैँ त्रासमा बस्नु परेको बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी अनुसार कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग नै अवरुद्ध भएको जानकारी दिएको छ । प्रहरी निरीक्षक आर्चायको अनुसार राजमार्गमा गएको पहिरो पन्छाउन डोजर लगाएको जानकारी दिए । त्यस्तै नौमुले

गाउँपालिका जोड्ने सडक नारायण नगरपालिका वडा नः ३ टाटे पहरा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । गए राती गएको पहिरोलाई पन्छाउन नारायण नगरपालिकाले डोजर पठाएको जानकारी दिएको छ । त्यस्तै दैलेखका अन्य स्थानीयमा गएको पहिरोका कारण बस्ती जोखिम बढ्दै गएको छ । डोजर चालक नै इन्जिनियर बनेर जथाभाबी सडक खनेका कारण बढी जोखिम बढ्दै गएको स्थानीयले बताएका छन् ।