देशभर १ सय ४७ जनामा कोरोना पुष्टि
काठमाडौं : देशभर कोरोनाका १ सय ४७ नयाँ कोरोनाका बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए। हाल देशभर संक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ५८ रहेको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए।
देशभर बिहिबार मात्र १ सय ५६ जना डिस्चार्ज भएका छन्।योसँगै कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ। बिहीबार पीसीआर विधिबाट ३ हजार ४ सय ८१ जना नमुना परीक्षण भएका छन्। जसमा १ सय ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ।
अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ५८ जना संक्रमित उपचाररत रहेका छन्। बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ। बिहीबार १ सय ५६ जना गरी अहिलेसम्म १२ हजार ८ सय ४० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। अहिले देशभरीका क्वारेन्टिनहरुमा २० हजार ९८ जना रहेका छन्।