Loading... आजः आइतवार, फाल्गुन १६, २०७७
Trending

कोरोना संक्रमण पछि गाउँपालिकामा निषेधाज्ञा

दैलेख :  दैलेखको ठाटिकाँध गाउँपालिका निषेधाज्ञा जारी गरिएको छ । बुधवार दैलेख अस्पताल प्रयोगशालामा ७३ जनाको कोरोना परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि गाउँपालिकामा प्रबेश गर्ने नाकामा निषेधाज्ञा जारी गरिएको हो ।

कोभिड –१९ संकट व्यवस्थापन संचालन केन्द्र काठमाडौँको परिपत्र अनुसार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टेस्टिङ गाइडलाईन अनुसार टेष्टिङ क्राइटएरियामा नपरेका स्थानीय व्यक्तिहरुको कोरोना भाइरस परिक्षण गर्ने सम्बन्धी निर्देशन अनुसार जिल्ला स्तरीय डिसिसिएमसीको बैठकले गरेको निर्णयको आधारमा ठाँटिकाँध गाउँपालिका बाट स्थानीय ७३ व्यक्तिहरुको स्वाब संकलन गरि परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हुँदा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजीम उक्त गाउँपालिकालाई शिल गरेको प्रशासनले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

गाउँपालिकामा प्रबेश गर्ने नाका पुर्वमा रामघाटखोला, पश्चिममा स्याउलेकाँध उत्तरमा भर्तालेख दक्षिणमा खामपाटे मेला सम्म बिहिवार दिउसो १२ बजे अर्को आदेश नभए सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रशासनले अन्यपालिकाहरुमा आवतजावत गर्नेलाई अनविार्य सामाजिक दुरी कायम गर्ने र मास्कको प्रयोग गर्न आग्रह समेत गरेको छ । प्रशासनले गरेको आग्रहलाई नमाने प्रचलित कानुन बमोजीम कार्वाही अगाडी बढाउने बताएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि त्यहा थप आवश्यक चिकित्सक टोली खटाउने तयारी समेत गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मी कोरोना समुदायमा प्रबेश गरेको छ वा छैन पुष्टि गर्नका लागि ७३ जनाको स्वाब संकलन गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोरोना समुदायमा प्रबेश गरेको बताए ।

error: Content is protected !!