Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

दुई पालिकाका २४ जनामा संक्रमण पुष्टि

दैलेख :  कर्णाली प्रदेशमा बिहीबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ५ जना, सल्यानका १ जनामा संक्रमण पुष्टि भएको छ।

यता स्वास्थ्य सेवा कार्यालय दैलेख अन्तर्गतको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको महाबु गाउँपालिकाका १२ जना र आठबिस नगरपालिका १२ जना गरी २४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेहरूमा सुर्खेतको भेरीगंगा नगरपालिका ५ जना, सल्यानका १ जना छन्। स्वास्थ्य सेवा कार्यालय दैलेख अन्तर्गतको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा आठबिस नगरपालिका १२ जना महाबु गाउँपालिकाका १२ रहेका छन्।

बिहीबारसम्म कर्णाली प्रदेशका १० जिल्लामा १८ सय १३ जनामा संक्रमण पुष्टि भएको छ। १८ सय १३ संक्रमितमध्ये १५ सय ५२ जना डिस्चार्ज भएका छन् भने कर्णालीमा ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका कर्णाली प्रदेश अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

error: Content is protected !!