Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

दैलेखमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

दैलेख :  दैलेखमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुने १६ जना सबै ठाटिकाँध गाउँपालिकाका रहेको प्रयोगशालाले जानकारी दिएको छ ।

संक्रमित हुने मध्ये ठाँटिकाँध गाउँपालिका वडा १का ३१,६० बर्षीय पुरुष,वडा न : २ का १४,२१,४०,४१,४४ बर्षीय पुरुष र३० बर्षीया महिला, वडा नः ३ मा ५३,५६ बर्षीय पुरुष, वडा ४ की २७ वर्षिय महिला, वडा नः ६ को २५,२७,३४,३५,४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णालीमा कोरोनाको केन्द्र बनेको दैलेखमा पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको छ। ११ वटा स्थानीय तह रहेको जिल्लामा बुधवार सम्मका ८ सय ३४ संक्रमितमध्ये ७ सय ८५ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।