Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

स्मृति दिवसका अवसरमा बृक्षारोपण


दैलेख  : बिपी कोइरालाको ३८ औं स्मृति दिवस दैलेखमा बृक्षारोपण गरिएको छ । नेपाली काँग्रेस नारायण नगरकार्यसमितिको आयोजनामा नारायण नगरपालिका वडा नः ६ मा रहेको शिवालय (भुतेश्वर ) मन्दिरमा बृक्षारोपण गरिएको हो ।
बृक्षारोपण कार्यक्रममा बोल्दै  नेपाली काँग्रेस दैलेखका जिल्ला सभापति कृष्ण कुमार बिसीले अहिले देशमा विपीको विचार अत्यावश्यक भएको बताएका छन् । अहिले देशमा जहाँतहाँ विवाद नै विवाद देखिएकाले ती विवादलाई समाधान गर्न विपिको मेलमिलाप नीति अंगिकार गर्नुपर्ने बेला आएको उनको भनाई भनाई छ । उनले विपीको समाजवाद देशमा लागु गर्न आवश्यक रहेको बताए । उनले वीपीले देखाएको बाटोमा हिड्न सके नसकेको आत्म समिक्षा गर्नु पर्ने बताए ।