Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

डिस्चार्ज हुने बढ्दै संक्रमित हुने घट्दै

.

काठमाडौँ :  नेपालमा कोरोना संक्रमित पुष्टि हुनेको संख्या दिनानु दिन घट्दै गएकोे छ भने डिस्चार्ज हुनेको संख्या बढ्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी पाइएको छ ।

मगलवार देशभर कोरोनाका १ सय ५० नयाँ बिरामी थपिएका छन्। देशभरका २७ प्रयोगशालामा देशभर ३९६३ जनाको पिसिआर परीक्षण गरिएको छ। पालमा कोभिड–१९ का १५० जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ९६१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ९९४ पुगेको छ । पाँच हजार ४७७ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

error: Content is protected !!