नेपालका कम्युनिष्ट पार्टीहरुको फुट र जुटको शृङ्खला
रोशन सापकोटा
बर्बर अनि कहालिलाग्दो राणा शासनको अन्त्यगरी १०३बर्ष लामो समय सम्म पिजडामा कैद नेपाली समाजको मुक्ति र न्यायको सपना देख्दै कमरेड पुष्पलाल श्रेष्ठले बि.सं२००६ सालमा भारतको कलकत्ताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे। जसका महारथिहरु पुष्पलाल श्रेष्ठ ,नरबहादुर कर्माचार्य ,निरञजन गोबिन्द्द बैध्य,नारायण बिलास श्रेष्ठ र मोतिदेबी थिए। यिनै हुन क्रूर राणाशासनको अन्त्यको लागि बामपंथी धारबाट लडेर सफलताको ताजपहिरिने महारथिहरु।
२०१० मा प्रथम पटक महाधिवेशन भयो मनमोहन अधिकारी महासचिब भए। २०१४ मा दोर्सो महाधिवेशन भयो केसरजङ्ग रायामाझी महासचिव भए।
२०१७ मा पहिलो पटक पार्टी बिभाजन भयो यसको मुल कारण २०१७ साल पौष १गते राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बिपि कोइरालाइ अपदस्त गरि जेलहालेर सक्रिय पन्चायती ब्यबस्था भित्र्याउनु। जसको रायामाझिले स्वागत गरे । पुष्पलाल ,मोहनबिक्रम सिंह ,तुलसीलाल आमात्य,मनमोहन अधिकरीले राजाको कदमको बिरोध गरे। बचेको चारजनाको यो समुह पनि शक्तिशाली कम्युनिष्ट राष्ट्र रसियालाइ मान्नेकि चिनलाइ मान्ने भन्ने
दृष्टिक्कोणमा बिभाजित भयो । २०२३ सालतिर लगभग कम्युनिस्ट पार्टी अबसानको सङ्घारमा पुग्यो। मेची कोशी प्रान्तिया कमिटी र केसरजङ्ग रायामाझिको समुह छुट्टियो। २०२४ मा पुष्पलाल ले तेर्सो महाधिवेशन गरे तर वि .स २०२५ मा फेरि पार्टी फुट्यो तुल्सिलाल आमत्य र पुष्पलाल श्रेष्ठ छुट्टिएर तितर बितर भए । २०२८ मा नेपालमा कम्युनिस्ट आन्दोलनका अर्का दुइवटा प्रष्ट लाईन देखा परे । १ झापा जिल्ला कमिटी र ११ केन्द्रिय न्युक्लियस यी दुबै पुष्पलाल इतरका लाइन थिए ।
एउटाको नेतृत्व सि पि मैनालिले गरे जसको उदेश्य पन्चायत फाल्नु थियो। अर्काको नेतृत्व मोहनबिक्रम सिंहले गरे। जसको उदेश्य पन्चायत ,भारतिय बिस्तारबाद र अमेरिकी साम्राज्यवाद को विरुद्धमा जाइलाग्नु थियो। यी दुई बिचको धुर्बिकरण झन्डै ४८ बर्ष सम्म रह्यो यी दुई समूह पनि दर्जनौ पटक फुटे एक दुई पटक जुटे। त्यो समयमा के पि ओलि झापा आन्दोलनका सकृय युवा नेता थिए भने प्रचण्ड चौथो महाधिवेशनमा लागेका मोहन बिक्रम सिंह सङ्ग भेट्घाट गर्दै थिए ।
समयसङ्गै मदनभण्डारी र बामदेब पनि पुष्पलाल बाट छुट्टिएर अलग हुदै मुक्ती मोर्चा बनाएका थिए । उता झापा बिद्रोह टोलिले कोअडिनेसन कमिटी बनाएका थिए । यतिखेर सम्म यी दुई समूह मात्र थिए पर्टी बनिसकेको थिएन। यसैबिच २०३५ मा पुष्पलाल श्रेष्ठको निधन भयो। पछि २०३५साल पौष ११ गते यी दुबै समूह मिलेर सि पि को नेतृत्वमा ने क पा (माले)गठन गरे।
एमालेको इतिहास झापा बिद्रोह हुदै २०३५ सालको पार्टी निर्माण पछि सुरु हुन्छ । उता २०३६ सालसम्म चुपचाप बसेका मनमोहन अधिकारीले त्यहि बर्ष नेपाल कम्युनिष्ट पार्टी ९मनमोहन० भन्ने नया पार्टी खोले । २०३६ मा राजाले कथित जनमत संग्रह गराए जसलाइ मनमोहनले ने का सङ्ग मिलेर उपयोग गरे
माले ले बहिस्कार गर्यो। यता पुष्पलालको पार्टीलाई बाबुराम उपाध्याय र साहना प्रधानले निरन्तरता दिइरहेका थिए। २०४३ सालमा मनमोहनको पार्टीसङ्ग एकता भयो र नेपाल कम्युनिस्ट पार्टी (माक्सबादी) बन्यो ।
२०४६ सालको चुनाव अघि नेपालमा १दर्जन भन्दा बढी कम्युनिस्ट पार्टीहरु थिए।२०४६ को जन आन्दोलन अघि पन्चायत विरुद्ध लड्न मनमोहन को माक्सबादी पार्टी ,सि पि को माले सहित अन्य स(साना समूह मिलेर बाममोर्चा बनाए। पन्चायती शासनको अन्त्यपछि मनमोहन र सि पि मैनालिको पार्टीबिच एकता भयो र नेकपा (एमाले) बन्यो।
महाधिवेशन भयो र मदन भण्डारी महासचिव बने। चुनावी प्रतिस्पर्धा गरेर समाजबादमा जाने नया सिद्धान्त अङ्गिकार गरे। साम्यवादलाई त्यहिबाटै छोडिए। २०५० जेठ ३ गते मदन भण्डारी को निधन भयो। त्यसपछि २०५२ मा महाकाली सन्धि भयो जसको पक्ष मा के पि ओलि र माधव नेपाल उभिए भने बामदेब गौतम र सि पि मैनालिको टिम विपक्षमा उभिए। सन्धिकै कारणले २०५४ मा पार्टी फुट्यो। सि पि र बामदेब मिलेर माले पार्टी खोले । २०५८ मा आएर फेरि बामदेबको समूह पुरानै पार्टी मा मिसियो सि पि आजसम्म पनि सानो टुकुडी लिएर एक्लै छन यो ठूलो दुर्भाग्य हो।
मोहनबिक्रम सिंह र ,चौथो महाधिवेशन देखि माओबादी सम्म।
त्यो समुहमा पनि मोहनबिक्रम सिंहले २०३६को जनमत सङ्ग्रह लाई उपयोग नगर्ने नीति लिए भने निर्मल लामाले उपयोग गरौ भनेर मतभेद भयो। २०४० मा निर्मल लामा समुहले पार्टी फुटाएर ने। क। पा। (चौम)भन्ने नया दल बनाए। मोहनबिक्रमले नेकपा ।(मसाल) भन्ने दल बनाए र सिंह महामन्त्री बने। २०४१ मा पाँचौ अधिबेशनले सिंहको राजनिती लाइन पास गर्यो प्रचण्डले मोहन बिक्रमसिंहमा सैद्धान्तिक बिचननता आएको प्रतिबेदन प्रस्तुत गरेका थिए ज्ञात होस प्रचण्ड र सिंह बिच कहिले पनिमेल भएन र सिंहलाई यौनदुराचारको आरोपमा कार्वाही गरिदियो।उक्त महाधिवेशनले मोहन बैद्ध (किरण )लाइ महामन्त्री बनायो।
कारबाही पछि मोहन बिक्रम सिंहले चित्र बहादुर के.सि सहित ४ जना लिएर नेकपा(मसाल)गठन गरे।
मोहन बैद्ध(किरण)को नेतृत्वको पार्टीको नाम नेकपा। (मशाल) बन्यो। २०४५ मा नेकपा(मशाल) ले पुष्पकमल दाहाल लाई महामन्त्री बनाउदै माओबादलाइ पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गर्यो। २०४६ को आन्दोलनमा पनि मदन भण्डारी र मनमोहन अधिकारी को संयुक्त मोर्चामा गएन।
मशाल ,मसाल,नेमकिपा,नेकपा (चौम) मिलेर मोर्चा बनाए। बहुदलपछि मशाल मा चौम,सर्बहाराबादी श्रमिक सङ्गठन ,रुपलाल बिश्वकर्मा को समूह मिलेर (एकताकेन्द्र) बन्यो। मोहन बिक्रम सिंहको पार्टी बाट बाबुराम पनि त्यही आए। एकताको दुइबर्षपछि नेकपा माओबादीको नाममा सशस्त्र जनयुद्धको घोषण र सुरु भयो जसका कारण मुलुकमा १० बर्ष जनयुद्ध भयो र राजतन्त्र फ्याक्न ठूलो योगदान गर्यो।
उता २०५१ मा एकता केन्द्र छोड्दै निर्मल लामा नारायणकाजी श्रेष्ठ ,अमिक शेरचन र लिलामणि पोखरेल मिलेर छुट्टै एकता केन्द्र खोले।
२०५९ मा मोहन बिक्रमसिंहको पार्टी मसाल र नारायणकाजी श्रेष्ठको पार्टी एकता भयो । यो मिलेको पार्टी भित्रपनी माओबादी लाई हेर्ने दृष्टिकोण फरक भयो र २०६३ मा फेरि पार्टी फुट्यो। २०२८ सालमा छुट्टिएका दुई कम्युनिस्ट धारहरु २०४६ मा झन टाढिएका थिए।
ती धारहरु मध्य एउटा धारको मुलपार्टी एमाले जसले संसदिय ब्यबस्था रोजेको थियो। अर्को धारको मुल पार्टी माओबादी जसले सशस्त्र द्वन्द रोजेको थियो। २०६२र०६३ भएको जनआन्दोलन पछि जनयुद्ध छोडेर माओबादी पनि एमाले काङ्ग्रेस सङ्गै लोकतान्त्रिक संसदीय ब्यबस्थामा आइपुग्यो । २०६४ को चुनावमा भागलियो। देशकै सबभन्दा ठूलो पार्टी बन्नपुग्यो।यसैबिच नारायणकाजी श्रेष्ठको एकताकेन्द्र पनि माओबादीमा मिल्न गयो र झन ठूलो दल बन्न पुग्यो।परिणाम स्वरुप मोहन बैद्ध र नेत्रबिक्रन चन्द फुटेर नया पार्टी खोले ।बाबुराम कम्युनिस्ट आन्दोलन बाटै भागेर गए र जनशक्ति पार्टी खोले । दुई ठुला पार्टी एमाले र माओबादी अस्तित्वमा रहिरहे।
२०७४ असोज १७ गते बाबुरामको नया शक्तिपार्टी सहित एमाले र माओबादी पार्टी एकिकरण अभियान शुरु भयो लगत्तै बाबुराम छोडेर गए र काङ्ग्रेस सङ्ग मिलेर चुनाव लडे। २०७५ जेठ ३ मा माओबादी र एमाले मिलेर नेकपा को घोषणा गरे। तीन महिनामा पार्टी एकताको सम्पुर्ण काम सक्नेगरी भएको सहमती आजसम्म पूरा हुन सकेको छैन बरु पटक पटक फुट्नका लागि भुकम्पका ठुला ठुला धक्काहरु गैरहन्छन। नीति विधि सिद्धान्त र अनुशासन भन्दा बाहिर गएर आफ्नो अनुकुलतामा पार्टी चलाउदा को परिणति यस्तै हुन्छ।