Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

नियम बिपरित भुक्तानि दिदाँ कर्णालीमा बढ्दै बेरुजु

सुर्खेत :  कर्णाली प्रदेशमा ५१ करोड बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकारको एक लाख ७७ हजार अद्यावधिक बेरुजु रहेकोमा यो आथिक वर्ष २०७६÷०७७ मा ५१ करोड पुगेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो वर्ष मात्रै ५१ करोड ६९ लाख ९३ हजार रुपैयाँ बेरुजु थपिएको हो ।
यो वर्षको प्रतिवेदनमा सबैभन्दा कम आन्तरिक मामिला तथा कानून मन्त्रालयको १३ हजार मात्रै बेरुजु देखिइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ८५ हजार बेरुजु हुँदा प्रदेश सभा सचिवालयको २२ लाख ८६ हजार बेरुजु उल्लेख छ ।

उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयको बेरुजु ६ करोड ३९ लाख ६८ हजार रहेको छ भने सामाजिक विकास मन्त्रालयको ११ करोड ५० लाख १३ हजार बेरुजु प्रतिवेदनमा उल्लेख छ । यस्तै ११ करोड ९९ लाख ८५ हजार बेरुजु भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रहेको छ भने सबैभन्दा बढि बेरुजू भौतिक पूर्वाधार विकास मन्त्रालयको रहेको छ ।यो मन्त्रालयको कुल बेरुजु २१ करोड ५८ लाख २० हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।