Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

संचालनमा आयो ५१ शैय्याको आइसोलेसन अस्पताल


दैलेख :  दैलेखमा कोरोना पोजेटिभ बिरामिका लागि निर्माण गरिएको आईशोलेशन अस्पताल संचालमा आएको छ । कर्णाली प्रदेश सभाका सदस्य अम्मर बहादुर थापाको निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको ७१ लाख रकम खर्च गरि निर्माण गरिएको आइसोलेसन अस्पताल संचालनमा ल्याइएको छ । दैलेखमा कोरोना संक्रमण तिब्र रुपमा बढ्ेपछि कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापाले बिरामीहरुको उपचार गर्नका लागि आइसोलेसन अस्पतालको समस्या भएपछि १५ दिनभित्र ५१ शैय्याको अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए आइसोलेसन अस्पताल निर्माण सम्पन्न भए पश्चात सरस्वति माध्यामिक विद्यालय तर्ताङमा उपचार गराइ रहेका पाँच जना बिरामीलाई आइसोलेसन अस्पताल ल्याएर राखेपछि ५१ शैय्याको अस्पताल संचालनमा ल्याइएको हो ।

आइसोलेसन अस्पताल संचालनका लागि दैलेख पुगेका कर्णाली प्रदेश सांसद अम्मर बहादुर थापाले कोरोना संक्रमित बिरामीहरुको सुबिधा सम्पन्न स्थानमा उपचार होस भन्ने उद्देश्यले आइसोलेसन अस्पताल निर्माण गरेको बताए । उनले आइसोलेसन अस्पताल निर्माण गर्न सहयोग गर्ने नारायण नगरपालिका दैलेख र जिल्लाका सबै सरोकारवाला निकायलाई धन्यबाद दिएका छन ।
नारायण नगररपालिका दैलेखका कार्यबहाक नगर प्रमुख तिर्थनारायण श्रेष्ठले आइसोलेसन अस्पताल निर्माण गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिदै अझैपनि आइसोलेसन अस्पतालमा आवशयक पर्ने उपकरण चिकित्सकको व्यवस्था गर्ने प्रदेश सरकार र संघिय सरकार संग माग गरेका छन ।

निर्माणको जिम्मा पाएको जेसिका निर्माण सेवाले १५ दिन भित्र अस्पताल निर्माण गर्ने भनेपनि लकडाउनका कारण समाग्री खरिदमा समस्या भएका कारण केही दिन ढिला भएको जानकारी दिएको छ ।दैलेखमा कोरोना पोजेटिभहरुको संख्या ८ सय ४३ पुगेको छ । जम्मा ५० जना जिल्लाका विभिन्न आईसोलेशनमा उपचाररत छन । यस भन्दा अगि सबै बिरामिहरु विद्यालयमा निर्माण गरिएको आईसोलेशनमा राखिएको थियो । अस्पताल निर्माण सम्पन्न भए संगै थपिने बिरामिहरु यहि अस्तालबाट उपचार गरिने छ ।