Loading... आजः मङ्लबार, कार्तिक २, २०७८
Trending

कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण


सुर्खेत : कर्णाली प्रदेशमा (बुधवार) एकै दिन २४ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा र रुकुम पश्चिम चौरजहारीको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनालाई कोरोना पुष्टि भएको हो ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना र रुकुम पश्चिम चौरजहारीको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना भेटिएपछि कूल संक्रमितको संख्या एक हजार सात सय १४ पुगेको छ ।

सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताए । उनका अनुसार दैलेखमा ३ जना, जुम्लामा १ जना, अछाममा १ जना, सल्यानमा ३ जना थपिएका छन् ।

नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ८०१ पुगेको छभने सुर्खेतमा ४९६ पुगेको छ । त्यसपछि सल्यानमा २१६, कालीकोटमा ५७, जुम्लामा ४०, जाजरकोटमा २१, मुगुमा ५, हुम्लामा २, डोल्पामा ४ र रुकुम पश्चिममा १९ जना फेला परेका छन् ।

error: Content is protected !!