Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

ट्राभल हिष्ट्रि नभएका ६२ जनामा कोरोना सङ्क्रमण

दैलेख  :  ट्राभल हिष्ट्रि नभएका दैलेखका ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न धमाधम भारतबाट घर फर्किएका व्यक्तिको क्वारेन्टाईनमा सुरक्षार्थ खटिएका सुरक्षा कर्मी स्वास्थ्यकर्मी र कर्मचारी, जनप्रतिनिधि समेत कोरोना सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखको कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीले ट्राभल हिष्ट्रि नभएका २ जना जनप्रतिनिधि ६ जना स्वास्थ्यकर्मी १४ जना नेपाल प्रहरी २८ जना सशस्त्र प्रहरी ८ जना शिक्षक कर्मचारी र सञ्चार कर्मी ४ जना नेपाल आर्मी गरी ६२ जनामा कोरोना सङ्क्रमण भएको बताए ।
कर्णाली प्रदेशमा सबभन्दा धेरै कोरोना सङ्क्रमण फैलिएको दैलेख जिल्लामा पछिल्लो समय पीसीआर परीक्षणको दायरा समेत बढाइएको छ । नारायण नगरपालिका आफैँले पीसीआर मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ । एक पटकमा ९६ स्वाब परीक्षण गर्न मिल्ने उक्त मेसिनमा २४ घण्टामा दुई पटक परीक्षण गर्न मिल्ने कोरोना फोकल पर्सन रेग्मीले बताए । उनले एक लटमा ९६ वटा स्वाब परीक्षण गर्न सक्ने क्षमता छ मेसिन दुई सिफ्टमा सञ्चालन गर्न सकिन्छ,’ रेग्मीले भने दिनमा दुई लट परीक्षण गर्न मिल्ने भएकाले १९६ वटासम्म परीक्षण भइरहेको छ । दैलेख जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ७८६ पुगेको छ भने ७०३ जनाले कोरोना जितेर घर फर्केका छन् ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर निरञ्जन पन्तका अनुसार दैलेखमा फैलिएको कोरोना महामारी दोस्रो चरणमा प्रवेश गरिसकेको बताए । उनले सुरुमा भारत बाट आएका नागरिकमा मात्र कोरोना देखिएको भए पनि पछिल्लो समय स्वास्थ्यकर्मी,सुरक्षा कर्मी,जनप्रतिनिधि,सञ्चार कर्मीमा समेत कोरोना देखिनु भनेको दोस्रो चरणमा प्रवेश गरेको बताए ।