Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

थप ११ जनाको कोरोना संक्रमण पुष्टि

सुर्खेत :  कर्णाली प्रदेशमा आज ९बिहीवार० ११ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा र रुकुम पश्चिम चौरजहारीको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनालाई कोरोना पुष्टि भएको हो ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना र रुकुम पश्चिम चौरजहारीको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना भेटिएपछि कूल संक्रमितको संख्या एक हजार पाँच सय ६१ पुगेको छ । सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा।लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताए ।

उनका अनुसार दैलेखमा १ जना, सुर्खेतमा ५ जना, रुकुम पश्चिममा ४ जना, जाजरकोटमा १ जना थपिएका छन् । नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७८७ पुगेको छ भने सुर्खेतमा ४०२ पुगेको छ । त्यसपछि सल्यानमा २००, कालीकोटमा ५०, जुम्लामा ३२, जाजरकोटमा १७, मुगुमा ५, हुम्लामा २, डोल्पामा ३ र रुकुम पश्चिममा १४ जना फेला परेका छन् ।

यसैगरी हालम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या १३२१ पुगेको छ । बिहीवार दुल्लु दैलेख अस्पताल आइसोलेसन सेन्टरबाट १० जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, रुकुम पश्चिम चौरजहारीबाट ७ जना गरी कूल ३० जना नयाँ संक्रमित निको भएर घर फर्किएका छन् ।