Loading... आजः सोमवार, जेष्ठ ३, २०७८
Trending

गायिका आशा शाहीको दोस्रो लोकदोहोरी गित सुर्खेत देउती बज्यै बजारमा

दैलेख  :   दैलेखमा जन्मीए कर्मथलो बाँकेको कोहोलपुरको प्रगति नगरमा बनाएकी दैलेखी चेली आशा शाहीको नयाँ लोक दोहोरी गित सुर्खेत देउती बज्यै बजारमा आएको छ । चर्चित गायक इन्द्र जिसी र आशा शाहीको स्वर रहेको उक्त गित टि टाइम म्युजिकको युटुव च्यानल मार्फत बजारमा आएको छ ।

हुम गैरेको निर्देशन तथा सम्पादन रहेको उक्त गीतको भिडियोको छाँयाङ्कन टंक केसी र एरेन्जर इन्द्र जिसीले गरेका छन । भने उत्पादक तथा वितरक दी टाइम मुभिज रहेको उक्त गीतको दृष्य निर्माण विशाल मुभिज प्रा.लि अनाम नगरले गरेको छ गायिका आशा शाहीले जानकारी दिईन ।

उक्त गीतको म्यूजिक भिडियोमा चर्चित मोडल बिमल अधिकारी र दिपाशा बिसीको अभिनय रहेको छ । यस गीतले सुर्खेतको पवित्र तीर्थस्थल देउती बज्यैको प्रचार प्रसारमा सहयोग गर्नुका साथै यहाँको धार्मिक पर्यटकीय स्थलको रुपमा समेत चिनाउने विश्वास लिइएको छ ।

यस भन्दा अगाडी शैलेन्द्र भण्डारी र आशा शाहीको पहिलो गित निष्ठुरी बजारमा आएको थियो । उक्त गितले बजार राम्रो पाए संग दोस्रो गित बजारमा ल्याएको गितका संरक्षक,सल्लाहकार एव मोडल राम बहादुर शाहीले बताए । गायिका शाहीले दर्शक श्रोताको राम्रो माया पाए आगामी दिनमा समेत कर्णाली प्रदेशको पर्यटन प्रर्बद्धन नयाँ गित ल्याउने तयारी समेत गरेको बताईन ।

भिडियो हेर्न नभुल्नु होला

error: Content is protected !!