Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुग्यो

..

काठमाडौँ  :  बुधबार २ सय ५५ जना कोरोना भाइरस संक्रमणका नयाँ बिरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बुधबार थप २५५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ७ सय ५२ पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । ५ वटा जिल्ला कोरोना मुक्त भएको छ ।

error: Content is protected !!