Loading... आजः शनिबार, माघ ५, २०८१
Trending

कर्णालीमा थपिए २० जना संक्रमित


सुर्खेत :  कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय नाघेको छ । बुधवार मात्रै नयाँ २० जना संक्रमित थपिएपछि कर्णालीमा कूल संक्रमितको संख्या एक हजार पाँच सय ५० पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३ जना भेटिएपछि कूल संक्रमितको संख्या एक हजार पाँच सय ५० पुगेको हो ।

सामाजिक विकास मन्त्रालयले बुधवार जारी गरेको सूचना अनुसार दैलेखमा ५ जना, सुर्खेतमा १३ जना, मुगुमा २ जना थपिएका छन् । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।
नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७८६ पुगेको छ भने सुर्खेतमा ३९७ पुगेको छ । त्यसपछि सल्यानमा २००, कालीकोटमा ५०, जुम्लामा ३२, जाजरकोटमा १६, मुगुमा ५, हुम्लामा दुई, डोल्पामा ३, रुकुम पश्चिममा १० जना संक्रमित फेला परेका छन् ।