Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

बालुवाटारमा दुई अध्यक्ष बिच वान टु वान वार्ता

काठमाडौं :  स्थायी कमिटी बैठक पटक पटक स्थगित भइरहेको अवस्थामा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुईजना अध्यक्ष वान टु वान वार्ताका लागि बसेका हुन्।
आज बस्‍ने भनिएको स्थायी कमिटी बैठकसमेत दुई अध्यक्षबीच चर्किएको विवादका कारण स्थगित भएको थियो। स्थायी कमिटी बैठक दुई दिन पर धकेलेर दुई अध्यक्ष वार्तामा बसेका हुन्। यसअघि पटक पटक भएको वार्तामा उनीहरु आफ्नै अडानमा कायम छन्। प्रधानमन्त्रीसमेत रहेका ओली दुवै पदबाट राजीनामा नदिने अड्डी कसेर बसेका छन्। अर्कातिर दाहाल ओलीलाई दुवै पदबाट विदा गर्ने रणनीतिमा जुटेका छन्।