Loading... आजः शुक्रबार, चैत्र ७, २०८१
Trending

कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार ५३० पुग्यो

दैलेख : कर्णाली प्रदेशमा मंगलबार थप १४ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या एक हजार पाँच सय ३० पुगेको छ । मंलबार सुर्खेतका १२ जना र सल्यानका २ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेतका ८ जना र सल्यानका २ जनाको प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएको हो ।

यस्तै सुर्खेतका ३ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा जुम्लामा, सुर्खेतकै १ जनालाईदैलेख अस्पतालमा पीसीआर परीक्षणमा गरिएको थियो । एक हजार पाँच सय ३० संक्रमित मध्ये, एक हजार दुई सय ७५ जना कोरोना मुक्त भई घर फर्किएका छन् । बाँकी दुई सय ४८ जना संक्रमितहरु प्रदेशका विभिन्न अस्पताल, तथा स्थानीय तहले तयार गरेका आइसोलेसनमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ ।