सरिता गिरीलाई कारबाही गर्न सिफारिस
काठमाडौं : समाजवादी पार्टीको कार्यदलले सांसद तथा पार्टी नेतृ सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ । त्यसअनुसार पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले विवाधास्पद अभिव्यक्ति दिएकी थिइन । उनले नेपालको दाबी नपुग्ने भन्ने आशय समेत व्यक्ति गरेकी थिइन ।
गिरीको गतिविधिबारे छानबिन गर्न समाजवादी पार्टीले रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले उनलाई कारबाही गर्न सिफारिस गरेको छ ।