Loading... आजः सोमवार, बैशाख २९, २०८२
Trending

दुई अध्यक्षबीचको संवाद निष्कर्ष बिहिन ,संवाद भने निरन्तर

काठमाडौं  : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी देखिएको विवाद समाधानका लागि दुई अध्यक्षबीचको वार्ता बालुवाटारमा सकिएको छ। उक्त वार्ताले कुनै निचोड नदिए पनि संवादलाई निरन्तरता दिइने भएको छ। अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार भएको यो छलफललाई निरन्तरता दिएर भोलि स्थायी कमिटी बैठक पनि राखिने भएको छ।

अध्यक्ष दाहालका संयोजक विष्णु सापकोटा ुजुगलुका अनुसार दुई अध्यक्षबीच संवाद पनि जारी राख्‍ने र स्थायी कमिटी पनि अगाडि बढाइने भएको छ। ुदुई अध्यक्षबीचको छलफल सकिएको छ। यो छलफललाई भोलि पनि निरन्तरता दिइनेछ सापकोटाले भने, संवादबाटै अहिलेका विवाद निरुपण गर्ने गरी दुई अध्यक्ष अघि बढ्नु भएको छ। सापकोटाले समस्या समाधानका उपाय खोजीसँगै स्थायी कमिटी बैठकलाई पनि अघि बढाउने गरी दुई अध्यक्ष जुटेका छन्। यसअघि चर्को विवाद भएपछि दुई पटकसम्म स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्ष संवादमा जुटेका थिए।