Loading... आजः बुधबार, मंसिर १३, २०८०
Trending

महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्‍न गर्ने गरी कार्यतालिका सार्वजनिक

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्‍न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार अबेरसम्म बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशनको मिति २०७७ फागुन ७ नै रहने गरी तल्लो तहको अधिवेशनको कार्यतालिका परिमार्जन गरेर तालिका सार्वजनिक गरेको हो।
गत असार १४ को पदाधिकारी बैठकले तयार पारेको अधिवेशनको कार्यतालिका संसोधन प्रस्तावलाई सोमबारको बैठकले अनुमोदन गरेसँगै नयाँ मिति तय भएको हो। बैठकले २०७७ फागुन ७, ८, ९ र १० गते पूर्वनिर्धारित चौधौं महाधिवेशन गर्ने निर्णय गरेको छ। ‘चौधौं महाधिवेशन फागुनको ७ गतेदेखि १० गतेसम्म हुने र समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन साउन १० गतेभित्र सक्ने निर्णय भएको छ, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले क्रियाशिल सदस्यता वितरण र नवीकरणको काम असार २५ गतेबाट सुरु गरेर साउन मसान्तमा सक्ने भन्ने निर्णय भएको बताए । पौडेलले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी भदौ मसान्तभित्रमा केन्द्रमा पठाउने निर्णय भएको पनि जानकारी दिए।

नयाँ क्रियाशील सदस्यता वितरणको सम्बन्धमा छानविन उजुरी समितिमा उजुरी र नवीकरणको विषयमा उजुरी असोज १५ गतेसम्म दिन सकिने कांग्रेसले जनाएको छ। त्यसरी परेको उजुरी उपर असोज मसान्तभित्र केन्द्रीय छानविन गरेर निर्णय सार्वजनिक गरिसक्नुपर्ने पौडेलले बताए। उक्त निर्णयमा पनि चित्त नबुझे कात्तिक मसान्तभित्र क्रियाशिल सदस्यता प्रारम्भिक छानविन समितिलाई निवेदन दिने र सदस्यता नवीकरणको साथै नयाँ क्रियाशिल सदस्यताको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले मंसिर २५ भित्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय कांग्रेसले गरेको छ।

सभापति देउवाले सदस्यताको नामावली प्रमाणित मंसिर मसान्त भित्र गरिसक्नु पर्नेछ। देउवाले अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने अवधि मंसिर मसान्त तोकिएको छ। यस्तो छ तल्लो तहको निर्वाचन तालिका सोमबार बसेको बैठकले​​ संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएको बिषयलाई बैठकले गम्भीरतापूर्वक लिएको जनाएको छ। ु