Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुग्यो

काठमाडौं  :  नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ भने मृत्‍यु हुनेको संख्‍या ३५ पुगेको छ । यस्तै हालसम्‍म कोरोना संक्रमण मुक्त भएर ६ हजार ८ सय ११ जना घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७ सय २१ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल क्वारेन्टाइनमा २९ हजार २ सय १५ जना रहेका छन् भने आइशोलेशनमा रहेकाहरुको संख्या ९ हजार १ सय १८ रहेका छन्। सोमबार मात्रै २६४जना कोरोनालाई जितेर घर फर्किएका छन्।