Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

राखेपको सचिवको जिम्मेवारी ढकाललाई

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद ९राखेप०को कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् । नयाँ खेलकुद विकास ऐन लागू भएपछि गत बिहीबारबाट रमेश सिलवाल पदमुक्त हुँदा निमित्त सदस्य सचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालय खेलकुद विभागका सहसचिव भक्तबहादुर ढकालले सोमबार उक्त जिम्मेवारी पाएका हुन ।
खेलकुद विकास ऐन २०४८ निष्क्रिय भएसँगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनासहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो । जसको कारण नयाँ सदस्य सचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

ढकालले संक्रमणकालिन अवस्थामा र रिक्त रहेको सदस्य सचिवको पदमा निमित्तका रुपमा काम गर्नेछन् । उनले परिषदमा नेतृत्व नहुँदा अन्योल भएको अवस्थामा काम कारवाहीलाई अगाडि बढाउन केही समयका लागि उक्त जिम्मेवारी पाएका हुन् । बहालवाला सदस्य सचिव नहुँदा कसरी निमित्त सदस्य सचिव चयन हुन्छ भनेर कानूनमा प्रष्ट लेखिएको छ । त्यसैका आधारमा ढकालले नयाँ सदस्य सचिव नआउँदासम्मका लागि काम गर्ने जिम्मेवारी पाएका छन्

error: Content is protected !!