Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

 

दैलेख : कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा जुम्लाका १ जना भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा सुर्खेतका १४ जना र जाजरकोट जिल्लाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय सुर्खेतका महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ५१६ पुगेको छ भने कोरोना जितेर घर जानेको संख्या एक हजार २४७ पुगेको छ ।