Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

मास्क नलगाई घर बाहीर निस्कनेलाई पक्राउन गर्न प्रहरीलाई आदेश


काठमाडौं :  मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राऊ गर्ने भएको छ। घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै प्रहरीले पक्राउ गर्ने भएको हो।
सोमबार जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गर्दै गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो।

गृहमन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेको जानकारी दिए । ‘सरकारले लकडाउन केही खुकुलो बनाएको छ। खुकुलो बनाएपनि केही शर्तहरु तोकेको थियो ।

error: Content is protected !!