Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

प्रमुख प्रशासकिय अधिकृत र लेखापाल बिरुद्ध अध्यक्षले दिए प्रशासनमा उजुरी

मुगु : मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिकामा कोरोना राहत कोषको रकम हिनामिना गरेको भन्दै पालिका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल विरुद्ध प्रशासनमा उजुरी दिएका छन्। कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले हिनामिना गरेको भन्दै पालिका प्रमुख शाहीले कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मुगुमा आइतबार उजुरी दिएका हुन्।

कोरोना महामारी नियन्त्रणका लागि गाउँपालिकामा गठन भएको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा प्रदेशबाट १५ लाख, गाउँपालिकाबाट ७५ लाख, छायानाथ सहकारीबाट ५० हजार, किर्डाक शाखाबाट ३ लाख तथा अन्य निकायको सहयोगसहित १ करोडभन्दा बढी रकम जम्मा भएको थियो। अरु रकम विभिन्न शीर्षकमा खर्च भए पनि कोषमा बचेको १९ लाख रुपैयाँ प्रमुख प्रशासकीय अधिकृत र लेखापालले गोप्य रुपमा झिकेर हिनामिना गरेको प्रमुख शाहीको आरोप छ। दुबै जनासँग सोधपुछ गर्दा आलटाल गर्न थालेपछि बाध्य भएर उजुरी दिनुपर्ने अवस्था आएको शाहीले बताए।