Loading... आजः मङ्लबार, भदौ २५, २०८१
Trending

अति विपन्न दलित परिवारलाई अनुदानमा भैँसी

दैलेख : नारायण नगरपालिकाका अति विपन्न दलित परिवारलाई अनुदानमा भैँसी वितरण गरिएको छ । प्रदेश सांसदले खर्च गर्ने पाउने अति विपन्न दलित परिवार लक्षित कोष, पशु अस्पताल÷पशु सेवा कार्यालय दैलेख,नारायण नगरपालिका र राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा नगरपालिकाका १२० जना अति विपन्न दलित परिवारलाई मुर्रा क्रस जातको भैँसी वितरण गरिएको हो ।

नारायण नगरपालिका वडा नः ३ का ४० परिवार,वडा नः ४ का १० वडा नः ५ का १०,वडा नः ६ का २० वडा नः ७ का २० र वडा नः ११ का २० जना गरी १२० जना अति विपन्न दलित परिवारलाई भैँसी वितरण गरेको नारायण नगरपालिका दैलेखले जानकारी दिएको छ । नारायण नगर पालिका दैलेखका नगर प्रमुख रन्त बहादुर खड्काले नारायण नगरपालिका भित्रका अति विपन्न दलित परिवारको आर्याजर्नमा टेवा पु¥याउने उद्देश्यले भैँसी वितरण गरेको बताए । उनले प्रदेश सांसद अम्मर बहादुर थापाले खर्च गर्न पाउने रकम ४० लाख,नारायण नगरपालिकाको ४० लाख राष्ट्रसेवक बहुउद्देश्यीय सरकारी संस्थाको २० लाख र किसानको १५ लाख, पशु अस्पताल÷पशु सेवा कार्यालयको एक करोड गरी जम्मा दुई करोड १५ लाखमा १२० भैँसी किनेर वितरण गरिएको बताए । उनले विभिन्न वडाका ६४ अति विपन्न दलित परिवारलाई भैँसी वितरण गरेको र अन्यलाई यो हप्ता भित्रै वितरण गर्ने तयारी गरेको जानकारी दिए ।
कर्णाली प्रदेश सांसद अम्मर बहादुर थापाले दैलेख जिल्ला परापुर्बकाल देखी नै ददिचि ऋषिले तपस्या गरेको र दही पाउने जिल्ला भनिएर चिनिए पनि पछिल्लो समय त्यसको लोभ हुँदै गएपछि दैलेखलाई दहीमा आत्म निर्भर गर्न आफूले अति विपन्न दलित लक्षित कोष कार्यक्रम मार्फत भैँसी वितरण गरेको बताए ।
राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था दैलेखका व्यवस्थापक भूपेन्द्र खड्काले दैलेखमा अहिले पनि जातीय छुवाछुत यथावत् रहेको र दलितले ल्याएको दूध बजारमा नबिक्ने समस्या भएको भन्दै जातीय छुवाछुत अन्त्य गर्ने तर्फ यो कार्यक्रम केन्द्रित हुने बताए । उनले अहिले वितरण गरेको भैँसी सबै दलित परिवारलाई वितरण गरेको र उनीहरूले अव दूध बिक्रीका लागि कसैका नगएर सहकारी निर्माण गरेको दूध प्रशोधन केन्द्रमा ल्याएर बिक्री गरिने बताए । सहकारी दूध प्रशोधन गरेर दूध बाट निर्माण हुने विभिन्न परिकारका सामग्री निर्माण गर्ने र सहकारीले वितरण गर्ने गरी योजना आडाडी बढाइएको बताए ।
कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिलक पाण्डेले अति विपन्न दलित परिवारलाई आयआर्जन गर्न कार्यक्रम आएको र त्यसै अन्तर्गत वितरण गरिएको बताए । उनले प्रदेश सांसदले भैँसी वितरण गर्ने भनेपछि त्यही अनुसार प्रदेश सांसदले खर्च गर्न पाउने ४० लाख रुपैयाँ नारायण नगरपालिका वडा नः ३ का दलित परिवारलाई भैँसी वितरण गरेको जानकारी दिए ।