Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

पहिरोले घर पुरेपछि परिवारको बिचल्ली

दैलेख :  अविरल वर्षा संगै गएको पहिरोले घर पुरेपछि परिवार बिचल्लीमा परेका छन् ।दैलेखको भगवतिमाई गाउँपालिका वडा नः ५ मलुका अम्मर बहादुर शाहीको घर पहिरोले परेपछि परिवारको बिचल्ली परेको छ । भगवतिमाई गाउँपालिका वडा नः ५ का वडाध्यक्ष कृष्ण बहादुर शाहीले दिएको जानकारी अनुसार पहिरोले पुरेपछि बिचल्लीमा परेका परिवारलाई उहाँले वडा नः ५ मा रहेको जनप्रिय आधारभुत विद्यालयमा उद्धार गरेर राखिएको बताए । उनका अनुसार पहिरोका कारण वडाका १५ घरधुरी पहिराको जोखिममा रहेका छन् ।

गए राती परेको पहिरोका कारण अम्मर बहादुर शाहीको घर पुरिए संगै अन्य परिवार समेत त्रासमा बस्नु परेको त्यहाँका स्थानीयले बताएका छन् । स्थानीय राम बहादुर शाहीले गाउँमा जथाभाबी सडक खन्दा पहिरो गएको गुनासो गरेका छन । उनले गाउँमा डोजर लगाएर सडक निर्माण गरेपछि पहिरो जाने खतरा छ । एक जनाको घर पुरे पनि अन्य १५ घरधुरी समेत पहिरोमा पर्ने समस्या भएका कारण अन्य स्थानमा तत्काल बस्ती सार्नु पर्ने बताए ।
भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले पहिरो गएर एक जनाको घर पुरिएको भन्ने आफूलाई खबर आएपछि बस्ती तर्फ आफू जान लागेको बताए । उनले त्यहाँको वास्तविक घटना के हो बुझेर बस्ती सार्ने वा नसार्ने विषयमा छलफल गर्ने बताए ।

error: Content is protected !!