Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

कर्णाली प्रदेमा कोरोना संक्रमितको संख्या १ हजार ४९८ पुग्यो

कोरोना जितेर फर्किनेको संख्या बढ्दै

दैलेख : आइतबार दैखेखका ५ जना, सुर्खेत, सल्यान, चितवन र नवलपरासीका एक एक जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशमा आइतबार थप ९ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या एक हजार चार सय ९८ पुगेको छ ।आइतबार सम्म एक हजार चार सय ९८ संक्रमित मध्ये एक हजार दुई सय ३१ जना कोरोना मुक्त भई घर फर्किएका छन् । बाँकी दुई सय ६१ जना संक्रमितहरु प्रदेशका विभिन्न अस्पताल, तथा स्थानीय तहले तयार गरेका आइसोलेसनमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ ।

अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ४९ जना रहेका छन् ।एक हजार तीन सय ५८ जना पुरुष र १४० जना महिलामा संक्रमण पुष्टि भएको छ ।
कर्णालीका मात्र हालसम्मको जम्मा १४४३ जना मध्ये जिल्लागत संख्या दैलेखमा ७८१ जना, सुर्खेतमा ५८ जना, सल्यानमा १९८ जना, कालिकोटमा ५० जना, जुम्लामा ३१ जना, जाजरकोटमा १३ जना, मुगुमा ३ जना, हुम्लामा २ जना, डोल्पामा ३ जना र रुकुमपश्चिममा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।