Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेपालमा कोरोना संक्रमण हुने सख्या १५ हजार ४१५ पुग्यो

काठमाडौ  :  शनिबार २ सय ३२ जना कोरोना भाइरस संक्रमणका नयाँ बिरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार थप २ सय ३२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या ६ हजार ४ सय १५ पुगेको छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ७७ वटै जिल्लामा कोरोना को संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।