Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

दुई अध्यक्ष बिच सहमति जुट्न सकेन

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको वार्ता सहमति नजुटी टुंगिएको छ। करिब डेढ घण्टासम्म चलेको वार्तामा सहमति नजुटेपछि भोलि बस्‍ने गरी सकिएको हो। पार्टीभित्र विवाद चुलिँदै गएर फुटको संघारमा पुगेपछि दुई नेताहरु साक्षीसहित वार्तामा बसेका हुन्। वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव बिष्णु पौडेल र शंकर पोखरेल थिए। दाहालको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए। भोलि बस्‍ने स्थायी कमिटी बैठकअघि यी नेताहरूबीच फेरि वार्ता बस्‍ने सहमति भएको छ। उक्त वार्तापछि अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिएका थिए भने अन्य नेताहरु छलफलमै जुटेका थिए।
वार्तामा सहभागी ओलीतर्फका पौडेल र पोखरेल तथा दाहाल तर्फका पुन र शर्माले सहमतिका बिन्दुहरु पहिल्याउने भएका छन्। उनीहरुले सहमतिका सम्भावनाको पहिचान गरेपछि पुनस् वार्ता हुने भएको छ। ओली(दाहालबीच वार्ताअघि अध्यक्ष दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका थिए। प्रधानमन्त्रीले शनिबार मन्त्रीहरुलाई बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए।