Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

प्रदेश सभामा बैठकमा काग्रेस अनुपस्थित


सुर्खेत : कर्णाली प्रदेश सभाको छैटौ औ अबिधेशनको २३ औँ बैठकमा नेपाली काँग्रेस अनुपस्थित भएर विरोध जनाएको हो । शनिवारको बैठकमा अनुपस्थित भएको नेपाली काँग्रेसले सबै मन्त्रालयको योजना सहितको रातो किताबको माग गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको माग अनुसार नै मन्त्रालयहरुले रातो किताब ल्याएका छन् । पहिलो चरणमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयले रातो किताब ल्याएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले सरकारले आफ्नो माग अनुसार नै मन्त्रालयहरुले रातो किताब ल्याए पनि सबै मन्त्रालयले नल्याउने बेला सम्म आफुहरु रोकिएको जानकारी दिए, । उनले भने सबै मन्त्रालयगत किताबहरु आएपछि ती किताबहरु अध्यायन गरेर मात्रै आफ्नो धारणा सहित प्रदेश सभाको बैठकमा उपस्थित हुने छौ ,।

बजेट माथि असुन्तुष्टि जनाउदै आएको काँग्रेसले गत असार १०, ११, १५, र १८ गते प्रदेश सभाको बैठक अवरोध गर्दै आएको थियो । कांग्रेसले आफ्ना माग पूरा नभएसम्म बैठक बस्न नदिने अडान राखेपछि फेरि असार १८ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठकमा सरकारले प्रतिपक्षको माग पुरा गर्न नसक्ने देखेपछि कार्यव्यवस्था समितीको बैठक बसी २० गते सम्मका लागि संसद बैठक सारिएको थियो । तर शनिवारको बैठक भने कांग्रेस सांसदहरुले सभामा उपस्थिति नभएरै बहिष्कार गरे ।