Loading... आजः शुक्रबार, जेष्ठ ६, २०७९
Trending

वडाध्यक्षको कुटाई बाट घाईते

कालिकोट : कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–९ का वडाध्यक्ष जोरे तिरुवाले एक स्थानीयलाई कुटपिट गरेका छन्। बालबालिकाले ढुंगा फालेको विषयमा विवाद हुँदा वडाध्यक्ष तिरुवाले छिमेकी नयाँ तिरुवालाई कुटपिट गरेका हुन्। वडाध्यक्षको कुटाइबाट घाइते भएका नयाँ तिरुवा अस्पताल भर्ना भएका छन्। बालबालिकाले ढुंगा फोलेको विषयमा विवाद हुँदा वडाध्यक्ष जोरेले हसिया प्रयोग गरी नयाँ तिरुवालाई सक्त घाइते बनाएको नयाँका भाइ प्रेमसिंह तिरुवाले जानकारी दिए ।

उनले सामान्य विवादमा वडाध्यक्ष जोरे तिरुवा र उनका छोरा पूर्ण तिरुवाले नयाँ तिरुवालाई कुटपिट गरे। पहिलेदेखि नै वडाध्यक्षका परिवारले विभिन्न बाहाना बनाएर गाली गर्ने, कुटपिट गर्ने गर्दै आएका थिए। यसपटक हसियाले हानेर गम्भीर घाइते बनाएकाले न्यायको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए ।