Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

एक साता बन्द ओपिडि सेवा आइतवार देखि पुन संचालनमा

सुर्खेत :  प्रदेश अस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस सङ्क्रमण भएपछि एक सातादेखि बन्द रहेको ओपीडी सेवा आइतवारदेखि संचालनमा आउने भएको छ । अस्पतालका निर्देशक डा.डम्बर खड्काले ओपीडी सेवा आइतवारदेखि पुन संचालनमा आउने जारी दिएका छन् ।
कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्पतालको ओपीडी सेवा केही समय बन्द रहेकोमा अव आइतवारदेखि पुनः संचालन गरिने चिकित्सक, कर्मचारी र सेवाग्राहीलाई जानकारी गराइएको छ । अस्पतालका चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीहरुलाई कोरोना सङ्क्रमण भएपछि थप बढ्न नदिन अस्पतालले एक साता अगाडि ओपीडी सेवा बन्द गरेको थियो