Loading... आजः सोमवार, माघ ५, २०७७
Trending

सुरक्षा मापदण्ड पुरा गर्न व्यापारीलाई प्रशासनको निर्देशन


सुर्खेत :  जिल्ला प्रशासन कार्यालय, सुर्खेतले सुरक्षा मापदण्ड पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । पछिल्लो समयमा सुर्खेत बजार खुला भई नागरिक भीड बढ्दै गएको र तोकिएको सुरक्षा मापदण्डअनुरुप व्यवसाय सञ्चालन नभएको गुनासो आएपछि प्रशासनले मापदण्ड पालना गर्न निर्देशन दिएको हो ।

व्यवसाय सञ्चालन गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य पसल हप्तामा कम्तिमा एक दिन बन्द गर्न व्यवसायीलाई सूचना गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए । उनले जोर बिजोर प्रणालीबाट यातायात सञ्चालन गर्न अनुमति दिएको प्रशासनले तीन पाङ्ग्रेलाई भने पूर्णरुपले बन्द गर्न निर्देशन दिएको छ । फलफूल, तरकारी, दूध, ग्याँस, औषधिलगायत अत्यावश्यकीय पसल भने निर्वाध खोलिने प्रशासनले जनाएको छ ।

error: Content is protected !!