Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

पहिरो जाँदा कर्णाली राजमार्ग अबरुद्ध

दैलेख :  शनिबार रातीदेखि परेको भारी बर्षातले कर्णाली राजमार्गको दैलेख सडकखण्डको जाक्सीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ  । कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठविस नगरपालिका ३ जाक्सी खोलामा पहिरो जाँदा सडक बन्द भएको हो । सडक बन्द हुँदा खाद्यान्न बोकेर बोकेर कालिकोट, जुम्ला जाने यातायातका साधन अलपत्र परेका छन् । राजमार्गबाटै निर्माण गरिएको सहायक सडकका कारण पहिरो गएको जाक्सीका स्थानीयबासी सरेन्द्र कार्कीले बताए ।

पहिरोले राजमार्ग पुरिएपछि यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यात्रुवाहक सवारी साधनको चाप नभए पनि मालबाहक गाडीहरु रोकिएका छन् । पहिरो पन्छाउन कुनै पहल नभएको स्थानीय बासिन्दाले बताए । नयाँ सहर आयोजना राकम कर्णालीले निर्माण गरेको जाक्सी जिरो पोइन्टदेखि तिलेपाटा क्याम्पस हुँदै सिगौडी जाने सडक खन्दा पहिरो गएको र्काीले जानकारी दिए ।कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरोको स्थायी व्यवस्थापनका लागि सडक विभागले ध्यान नदिँदा राजमार्गमा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
त्यसैगरी जाक्सी खोलामा आएको बाढीले निर्माणधिन पुलको सेटिङको सम्पुर्ण समान बगाएको छत्रबहादुर माझीले जानकारी दिए । पहिरो खुल्ने अवस्था छैन । बर्षातसँगै जाक्सी खोलामा आएको बाढीले पुलको सेटिङको समान बगाउँदा यातायातका साधन खोला वारिपारी नै रोकिएका छन् ।