Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

त्रिबिका परीक्षा रद्ध आन्तरिक मुल्याङकन अधारमा नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौ : त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीका कुनैपनि परीक्षा नलिने भएको छ । एसईई परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा अंक दिएर नतिजा प्रकाशन गर्ने निर्णय जस्तै त्रिविका सबै सेमेस्टर प्रणालीका परीक्षाहरुपनि स्थगित गर्ने निर्णयमा त्रिवि पुगेको हो ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बार्षिक परीक्षा अन्र्तगतका परीक्षाका लागि भने अझै पर्खिने तर सेमेस्टर प्रणालीका परीक्षा भने क्याम्पसले दिने अंकलाई नै आधार मानेर नतिजा प्रकाशन गर्ने तयारी भएको जानकारी दिए । त्रिविले स्नातकोत्तर तहका सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेर क्याम्पसको आन्तरिक मूल्यांकनबाट अंक दिनेलाई नै मान्यता दिने र नतिजा प्रकाशन गर्ने तयारी छ । काठमाडौ विश्वविद्यालयले यसरी नै नतिजा प्रकाशन थालिसकेको छ ।