Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

खमारी खोला जलविद्युत आयोजनामा पहिरो

पहिरोमा परेर एकको मृत्यु एक घाईते

सुर्खेत :  सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला जलविद्युत आयोजनामा पहिरो गएको छ। पहिरोमा परी पञ्चपुरी नगरपालिका ६, भावरकी ४७ वर्षकी नन्दा पुलामीको मृत्यु भएको हो। त्यस्तै, खमारी खोला जलविद्युत् आयोजनाका अपरेटर डम्मर पुलामी घाइते भएका छन्। डम्मर र नन्दा पतिपत्नी हुन्। उनीहरु पावर हाउस गृहमा बस्दै आएका थिए। घाइते डम्मर पुलामीको अवस्था सामान्य छ। उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जलविद्युत आयोजनाका अध्यक्ष जीवन ढुंगानाले जानकारी दिए।

गएरातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो। आयोजनाका अध्यक्ष ढुंगानाले पहिरोले आयोजनामा गृह ठूलो क्षति पुर्‍याएको जानकारी दिए। ५३ किलोवाट विद्युत उत्पादन भइरहेको यो आयोजनाबाट भावरसहित पञ्चपुरी नगरपालिकाका झन्डै एक हजार दुई सय परिवार लाभान्वित भएका थिए।

error: Content is protected !!