Loading... आजः बिहिबार, कार्तिक ४, २०७८
Trending

कर्णालीमा २ जनामा कोरोना संक्रमण पुष्टि

दैलेख :  कर्णाली प्रदेशमा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परिक्षणमा रुकुमपरिशचमको चौरजहारी नगरपालिकाका १ जना र सल्यान कुपिण्डे बनगाड नगरपालिकाका १ जनालाई कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

आइतबारसम्म कर्णाली प्रदेशका मात्र १४२८ पुगेको छ । अन्य प्रदेशका ४५ जनालाई अन्य प्रदेशका डिस्चार्ज भएर सम्बन्धीत ठाउँमा गईसकेका र उपचाररत व्यक्तिहरुलाई प्रदेशको सुचिबाट हटाई संसोधन गरिएको प्रमुख डाक्टर तिवारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कर्णालीका मात्र १४२८ जना मध्ये ९५६ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । १२९९ जना पुरुष र १२९ जना महिलामा संक्रमण पुष्टि भएको छ

error: Content is protected !!