देश भर ४६३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४६३ जना संक्रमित थपिएका छन्। आइतबार थपिनेमा १०५ जना महिला र ३५८ पुरुष छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार सात सय ७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।