Loading... आजः शनिबार, माघ ५, २०८१
Trending

जननेता मदन भण्डारीको जवज हिजो, आज र भोलि पनि सान्र्दभिक रहन्छ : सांसद शर्मा

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा २०२१ साल असोज १० गते नारायण नगरपालिका २ जाहारकोटमा जन्मिनु भएको हो । २०५४ सालको स्थानीय चुनावमा नारायण नगरपालिकाको नगरप्रमुख निर्वाचित शर्माले आईएल सम्मको अध्ययन गरेका छन । त्रिभुवन उच्च मावि दैलेख बजारबाट माध्यमिक तह पास गरेका शर्माले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आईएल गर्नु भएको छ ।

२०४२ सालमा नेकपा मालेको भ्रातृ संगठन अनेरास्ववियूको महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको प्रारम्भिक कमिटीमा आबद्ध शर्मा २०४६ सालमा नेकपा मालेको नेपालगञ्ज नगर संगठन कार्यदलको सदस्य भए । २०४७ सालमा नेकपा मालेको संस्थापक सचिव रहेका शर्माले माले र माक्सवादी एकीकरणपछि बनेको नेकपा एमालेको पनि पार्टी सचिवमा निरन्तरता पाए । २०४८ र २०५१ सालको संसदीय चुनावमा उहाँ तत्कालीन नेकपा एमालेको तर्फबाट दैलेख–१ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका शर्मा २०७१ सालदेखि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष भएका शर्मा दुई पार्टी एकिकरण हुदाँ पनि नेकपा दैलेखको अध्यक्षको नेतृव्त गरिराख्नु भएको छ ।  
शर्मा २०७४ मंसिर २१ मा सम्पन्न प्रतिनीधि सभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं १ बाट प्रतिनीधि सभामा निर्वाचित सांसद हुन् । आफ्नो निर्वाचन क्षेत्र लगायत समग्र मुलुकको मूलभूत समस्यालाई संघीय संसद् मार्फत सरकारलाई ध्यानाकर्षण गराउने गतिविधिमा सक्रिय शर्मा दैलेखका जनता समक्ष लोकप्रिय नेताको रूपमा परिचय बनाएका छन् । उहा मदन भण्डारी फाउण्डेसन कर्णाली प्रदेशका अध्यक्षसमेत रहेका शर्मा संग जननेता मदनभण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनबाद र अहिलेको नेकपा अंगालीरहेको छ वा बिर्सेको हो यसै सन्र्दभमा रहेर मेरो कर्णाली अनलाईनका सम्पादक कमल शर्माले गरेको कुरा कानी ।
अहिलेको सन्दर्भमा मदन भण्डारीको बिचार कतिको सान्दर्भिक छ ? 
अहिलेको सन्दर्भमा मात्र नभई हिजो, आज र भोलि पनि यसको सान्दर्भिकताका तीन वटा पक्षहरू छन् । पहिले त यसको सान्दर्भिकता खोज्दा यसको सैद्धान्तिक आधार खोजिनु पर्छ । यो विचार तत्कालीन नेकपा एमाले ५ औँ राष्ट्रिय महाधिवेसनद्धारा पारित गरेको जनताको बहुदल जनवादको बिचार सैद्धान्तिक रूपमा माक्सबाद, लेलिनबादको सेवा गरेको छ । त्यसले बर्ग संघर्षको सार्वभौम नियमलाई आत्मसाथ गरेको छ, जनताको राज्यसत्तालाई स्वीकार गरेको छ । राज्यसत्ताका सम्पूर्ण ढाँचाहरू परिवर्तनको आकांक्षा बोकेको कारण विगतमा पनि हाम्रो पार्टीको कार्यक्रम हुँदै सिद्धान्त बन्दै अगाडि आयो । आज दुई वटा कम्युनिष्ट पार्टीहरु एक भई रहेको सन्दर्भमा पार्टी एकताकै घोषणा पत्रमा २ वटै पार्टीका अध्यक्षहरू पहल कदमीको रुपमा यो पार्टी एकता ठुलो श्रृङ्खला अगाडि बढ्यो र एकताको घोषणापत्रमा पनि जनताका सद्भाव निर्देशित गरेको छ । यो धेरै व्यापकतामा मदनको सार्वभौम नियमलाई बुझेर आत्मसाथ गर्नुपर्छ ।

तपाई मदन भण्डारी फाउण्डेसन कर्णाली प्रदेशको अध्यक्ष हुनुहुन्छ, कर्णालीमा मदन भण्डारीको ६९ औँ मदन जयन्ती कसरी मनाउँदै हुनुहुन्छ ?
हामीले मदन भण्डारी फाउण्डेसन केन्द्रीय कमिटीको निर्देशन अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लाहरूमा आ–आफ्नो अनुकूलतामा अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखेर आ–आफ्नो जिल्लाको अनुकूलतामा आधारित कार्यक्रमका साथ ६९ औँ मदन भण्डारी जयन्ती मनाउँदै छौँ । सुर्खेत कमिटिले रक्तदान कार्यक्रम राखेको छ अन्य जिल्लामा कोरोनाको कारणले आइसुलेसन तथा क्वारेन्टाइनमा बसेका बिरामीहरूलाई केही पोसिलो खाना खुआउँदै बृक्षारोपण गर्दै मनाउँदैछौँ ।

मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनबाद अहिलेको नेकपाले छाडेको आम कार्यकर्ताको गुनासो छ नी ?
पहिलो कुरा यो बिचारधारलाई छाड्नु हुदैन । छाड्नु पर्ने विषय पनि होईन । जुन कुरा छाडिन्छ त्यो कुराले काम गर्नै छाड्छ, जवजले त अहिले झनै सशक्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई वैचारिक रूपमा मार्गनिदेशन गरिरहेको छ । लेख्ने कुरामा जनताको बहुदल जनवाद नलेख्न सकिएला तर त्यसका सार्वभौम नियमहरू गर्ने हो भने त पाँचौँ महाधिवेशनमा तत्कालीन एमालेले पारित गरेको नीति कार्यक्रमकै आधारमा अहिलेको हाम्रो अन्तरिम विधान र कार्यक्रम बनी रहेको छ । त्यसैले जवजलाई छोड्नु पर्ने विषय भित्रनै पर्दैन । यसको महत्व झनै बढेर आइरहेको छ । जनताका केही गुनासा छन । जननेता मदन भण्डारीले सारेको सैदान्तीक सिद्धान्तलाई ब्यवहारिक बनाउने भन्ने हो त्यो विस्तारै हुने कुरा हो ।

मदन भण्डारीको दृष्टिकोणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू चलेको पाउनु भएको छ ?
सिद्धान्त र व्यवहारको बिचमा तालमेल ल्याउने मदन भण्डारीको ठुलो जडा थियो । सिद्धान्त र व्यवहारको यदि तालमेल हुदैन भने सिद्धान्त एकारित र बिचार अर्कोतिर जान्छ यसरी विचार र सिद्धान्त फरक भएमा हामी समाज परिवर्तनको दिशालाई ठिक ढङ्गले अगाडी बढाउनै सक्दैनौ । यो जननेता मदन भण्डारीको बिचार र अडान हो त्यही अडानका साथ पार्टीको चांैथो महाधिवेशनमा अब कम्युनिष्टहरुले आन्दोलन गर्ने होइन दुबिधामा रहने होइन कुनै साथीहरूले मनमा एउटा बुझ्ने मस्तिस्कमा एउटा बुझ्ने, व्यवहार एउटा गर्ने गर्नु हुँदैन ।

हामी जे काम गर्छौं त्यो काम जनताबाटै पार्टी सदस्यहरूबाटै अनुमोदिन भएर गर्नुपर्छ भन्ने बुझाईका साथ ५ औँ महाधिवेशनमा जवजको कार्यक्रम यति सजिलै त आएको होइन विषम परिस्थितिका बाबजुद त्यतिखेर हिम्मतका साथ जनताको बहुदलिय जनवाद बिचार नै हामीलाई मार्ग निर्देशन गर्ने बिचार हुन सक्छ । यो सिद्धान्त यदि अङ्गालेनौ भने व्यवहारमा पनि हामीले लागु गरेरै जानुपर्छ भन्ने बुझाईका साथ जवज आएको हो । अहिले आएर हामीले राज्य सत्ता अँगाली रहेका छौँ । स्थानीय सरकार प्रदेश सरकारहरू सबै छन् । जनताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथी ठुलो भरोसा गरेका छन् । हाम्रो नेतृत्वको पूर्णा भरोसा भएकै कारणले त हामीले भरोसा गरेका हौँ । व्यवहारमा कतै परिवर्तन हुन सक्छन् ती कार्यकर्ता निजी बिचार हुन सिद्धान्त भनेको आम विषय हो । त्यसैले सिद्धान्त अनुसारको व्यवहार कमी, कमजोरी छैनन् त सकिँदैन तर केन्द्रीय नेतृत्व भने तपाई हामीले सोचे जस्तो नभई प्रस्ट छ । यो मूलक निर्माण गर्नेमा अग्रसर भएको छ ।

नेताहरूमा सामन्तवादी प्रवृत्ति हाबी भयो । कतै जवज बाट नेताहरु बिचल्लीत हुन खोजेका त होईनन भन्ने आम कर्यकर्ताको भनाई छ नी ।
नेताहरूका कार्यशैली कतै फरक भए होलान् तर मूल स्प्रिड हामीले चिन्ता गरेको जस्तो म देख्दिन सरकारकै नेतृत्व गरिरहनु भएका पार्टी अध्यक्षले राष्ट्रको अहित हुने काममा प्रधानमन्त्रीको रुचि देख्नु हुन्छ त, प्रधानमन्त्रीले देश बनाउने कुरामा चिन्ता गर्नुभएको छैन त राष्ट्रियताका विषयमा प्रधानमन्त्रीको पहल कमी कमजोरी छ त । अनि छिटो भन्दा छिटो जनताको जीवनस्तर उकास्ने अर्थात १० वर्ष भित्र देशलाई विकासशील बनाउने भन्ने कुरामा नेतृत्व प्रस्ट छ । नेता धेरै भएको ठाउँमा कुनै कार्यकर्तालाई केही होला त्यो फरक कुरा हो । तर नेतृत्वको स्प्रिड देश बनाउने काममा नै अग्रसर भएको छ यसमा कार्यकर्ताले चित्त दुखाउने गरी नेतृत्वले काम गरेको पनि छैन र गर्दैन पनि ।
कोरोना नियन्त्रणमा मदन भण्डारी फाउण्डेशनले के काम गरिरहेको छ ?
दन भण्डारी फाउण्डेसन भनेको गैरसरकार संस्था नै हो । हामीले विशेष गरी जनचेतना जगाउने काम नै गरेका छौ । जननेता मदन भण्डारीले सारेका बिचार सिद्धान्तहरूका सन्दर्भमा अध्ययन गर्ने, प्रचार प्रसार गर्ने, दस्ताबेज करण गर्ने र अन्य क्षेत्रहरुमा पनि हाम्रा सबै साथीहरूलाई अहिले सरकारद्वारा गठन भएका कोभिड–१९ सँग जुध्ने जुन संयन्त्रहरु छन् । उहाँहरुलाई सहयोग गर्ने सपोट गर्ने, जनताहरुलाई तपाइहरू नआतिनुहोस । कोरोना सञ्चो हुने रोग हो भन्ने, कोरोनालाई तपाहरु जित्न सक्नुहुन्छ । तपाईहरू अनुशासित हुनुप¥यो । सामाजिक तथा भौतिक दुरी कायम गर्नुहो, ।, सरकारले अगाडि सारेका कुराहरूलाई पछ्याउनु प¥यो । डाक्टर तथा वैज्ञानिकहरूले भनेका कुराहरूलाई आत्मसाथ गर्नुभयो भने कोरोनासँग डराउनु पर्दैन । भन्ने कुराको प्रचार प्रसार र त्यहाँ बनेका सरकारी संयन्त्रहरुलाई सहयोग गर्ने कामहरू गरिरहेको छ ।

अन्यमा के भन्न चाहनुहुन्छ र ?
आज ६९ औँ मदन जयन्तीको अवसरमा तपाइ सँग यसरी बसेर कुरा गर्ने पाइयो बस्ने यो अवसर मिल्यो सर्वप्रथम स्वर्गिय जननेता मदन कुमार भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्ने चाहन्छु । उहाँले अगाडि सारेका नीति, सिद्धान्त र बिचारहरू हाम्रो मुलुकको कम्यूनिस्ट आन्दोलनहरु मात्र होइन लोकतान्त्रिकरण आन्दोलन प्रजातान्त्रिक आन्दोलनलाई सहित दिशात्मक निर्देशित गर्ने उहाँका बिचारहरू हुन यो बिचारबाट कोही पनि बिचल्लित नभई ठिक ढङ्गले यो बिचार आलोकमा यसको प्रकाशनमा हामीले आफ्नो कुरालाई परिचालित गर्न सकौँ । जनताको सेवामा संधैँ हाम्रो भावना निस्वार्थ रूपले प्रेरित भइरहोस् ।

जनताले कम्तीमा हामीलाई अहिले मात्र नभई सधैँ नेपाल कम्यूनिस्ट पार्टी नेकपा लाई नै यसरी नै विश्वास गरुन् माया गरी राखुन् । अहिलेको  अवस्थालाई बदलेर अगाडी बढ्न सकौँ । कोरोनाको महामारीबाट जनतालाई सुरक्षित गर्ने र बचाउनु सकौँ । हामीसँग भएका प्राकृतिक साधन स्रोतको भरपुर उपयोग गरेर जनता निराश भएको परिपक्षमा त्यसमाथि विजय प्राप्त गर्ने सकौँ र दुनियाँमा नेपाल केही गर्ने सक्ने मुलुक हो भन्ने कुरा देखाउन सकौँ । जनताले हामी, माथि गरेको विश्वास खेर जाँदैन । हामी तपाइहरूकै साथमा छौँ । कोरोनाबाट नडराउनुहोला तपाईहरूको सुरक्षा गर्ने अभिभारा सरकारको छ भन्ने कुरा चाहन्छु । धन्यवाद