खोलाले बगाउँदा महिलाको मृत्यु
दैलेख : दैलेखको नौमुले गाउँपालिका वडा नः ५ मा बिहिवार खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । नौमुले गाउँपालिका वडा ७ की २५ बर्षिय पविसरा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
प्रहरी प्रमुख (डीएसपी) हरि बहादुर वलीले नौमुले गाउँपालिका वडा ५ मा पर्ने तामाखोलाले बगाउँदा मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय नौमुलेका सईको नेतृत्वमा टोली घटनास्थल तर्फ गएको जानकारी दिए । उनी विबाहित वा अविवाहित हुन त्यसको जानकारी नआएको जनाइएको छ ।