Loading... आजः शुक्रबार, साउन १५, २०७८
Trending

कर्णाली प्रदेशमा थप २६ जनामा संक्रमण


दैलेख : कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रबार थप २६ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार चारसय ३३ पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल र पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १२, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोटका दुई र मुगुका एक जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक र जुम्लामा रहेका काठमाण्डौँ र सुर्खेतका एकरएक जनामा कोरोना संक्रमण देखिएको छ ।

अहिलेसम्म सबै प्रदेशका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा बढी दैलेखमा सातसय ६० पुगेको छ । सुर्खेतमा तीनसय ४०, सल्यानमा एकसय ७७, कालिकोटमा ४७, जुम्लामा ३०, जाजरकोटमा १३, हुम्लामा दुई जना, मुगुमा तीन, डोल्पा र रुकुमपश्चिममा एकरएक जना कोरोना संक्रमित रहेका छन । अन्य प्रदेशका विभिन्न जिल्लाका ५९ जना रहेका छन ।

error: Content is protected !!