Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

समयमै खाना नपाएको झोकमा

आइसोलेसन बाट भागे ६३ कोरोना सङ्क्रमित

दैलेख :  दैलेखको नौमुले गाउँपालिकाको वडा नः १ मा रहेको भैरव माध्यामिक विद्यालयमामा निर्माण गरेको आइसोलेसनमा बसेका कोरोना ९२ जना कोरोना सङ्क्रमित मध्ये ६३ जना रातारात भागेका छन् आइसोलेसनमा अस्पतालमा सङ्क्रमितहरूका लागि खाना पकाउने भान्सेहरूले आफूहरूलाई गाउँपालिकाले सेवा सुविधा नदिएको भन्दै खाना ढिलो पकाएर दिए पछि सङ्क्रमितहरू आइसोलेसन अस्पताल बाट भागेको इलाका प्रहरी कार्यालय नौमुलेले जानकारी दिएको छ ।
इलाका प्रहरी चौकी नौमुलेकै आडमा रहेको भैरव माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पताल बाट ६३ जना भाग्दा समेत प्रहरीले बिहान मात्र खबर पाएको थियो । नौमुले गाउँपालिका दैलेखका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र शाहीले आफू बजार आएको र बिहान मात्र भागेको भन्ने हल्ला सुनेको बताए  । उनले ९२ जना सङ्क्रमित रहेको आइसोलेसन अस्पताल बाट ६३ जना कोरोना सङ्क्रमित भागेको र अरू त्यही आइसोलेसन अस्पतालमै रहेको जानकारी दिए । भागेको ६३ जना मध्ये ५÷७ जना बिहानै आइसोलेसन अस्पतालमै फिर्ता भएको र अन्यको खोजी कार्य भइरहेको जानकारी दिए । नौमुले इलाका प्रहरी चौकीले समेत त्यसको कमान्ड गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरक्षण नैन बहादुर साउदको नेतृत्वमा सुरक्षा टोली पठाइएको छ ।