Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

दोहोरो अंकमा पुष्टि हुदै कर्णालीमा  कोरोना

संक्रमतिको सख्या एक हजार ४०७ पुग्यो

दैलेख  :   कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार चार सय नाघेको छ । बिहीवार मात्रै नयाँ ७२ जना संक्रमित थपिएपछि कर्णालीमा कूल संक्रमितको संख्या एक हजार चार सय ७ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २७ जना भेटिएपछि कूल संक्रमितको संख्या एक हजार चार सय ७ पुगेको हो ।
सामाजिक विकास मन्त्रालयले बिहीवार जारी गरेको सूचना अनुसार दैलेखमा १८ जना, सुर्खेतमा १२ जना, कालिकोटमा ३ जना, जुम्लामा १ जना, सल्यानमा १ जना थपिएका छन् । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए ।

नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७५५ पुगेको छ भने सुर्खेतमा ३२७ पुगेको छ । त्यसपछि सल्यानमा १७४, कालीकोटमा ४७, जुम्लामा २९, जाजरकोटमा ११, मुगुमा दुई, हुम्लामा दुई, डोल्पा र रुकुम पश्चिममाभने एक÷एक जना संक्रमित फेला परेका छन् ।

error: Content is protected !!