Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

अनिश्चितकालीन निषेधाज्ञा

जुम्ला : जिल्ला सदरमुकाम खलंगामा अनिश्चितकालीन निषेधआज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारीहरूमा  कोरोना भाइरस संक्रमण देखिएपछि समुदायमा फैलिन नदिन भन्दै स्थानीय प्रशासनले सदरमुकामा निषेधाज्ञा जारी गरेको हो

प्रतिष्ठानमा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित ८ जनामा कोराना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मीबाहेकका चार जना जिल्ला बाहिरको भए पनि जुम्लामा अन्य पेसा व्यवसायमा संलग्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । आठ जनामध्ये दुई जना महिला हुन् । मंगलवार राति गरिएको पीसीआर परीक्षणमा अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालका निर्देशक डा. मंगल रावलले बताए । संक्रमणको थप जोखिम बढ्ने भन्दै अस्पतालले समेत अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरेको छ ।

error: Content is protected !!