Loading... आजः शनिबार, कार्तिक ६, २०७८
Trending

आत्महत्या गरेका युवामा पनि कोरोना संक्रमण पुष्टि

सुर्खेत : आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षिय युवाको परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको हो । असार ९ गते घरमा झुण्डिएको अवस्थामा भेटिएका युवाको शव पोष्टमार्टको लागि दुल्लु अस्पताल लगिएको थियो । बिहीबार पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
ती युवाको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेको प्रमुख भण्डारीले बताए । प्रमुख भण्डारीका अनुसार गत जेठ ११ गते भारतबाट दैलेख आएका उनी पञ्चकोशी माध्यमिक विद्यालय गमौडीको क्वारेन्टीनमा १४ दिनसम्म बसेका थिए । उनीसँगै क्वारेन्टीनमा बसेका २११ जनाको आरडीटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो । यसअघि झुण्डिएर आत्महत्या गरेकी सुर्खेतको सिम्ता गाउँपालिका–१ की युवतीमा पनि कोरोना पोजिटिभ देखिएको थियो ।

error: Content is protected !!