Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

२४ घण्टामा ४३४ जनामा कोरोना संक्रमण

नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुग्यो

काठमाण्डौ  :  पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४३४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।

आज थपिएका संक्रमितहरूमा ४८ जना महिला र ३८६ पुरुष छन्। यससँगै नेपालमा हाल कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। हालसम्म रसुवाबाहेक ७६ जिल्लामा कोरोना संक्रमित पुगिसकेको छ।

error: Content is protected !!