Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

कर्णालीमा कोरोना संक्रमितको सख्या १३ सय ७ पुग्यो

.

दैलेख :  कर्णाली प्रदेशमा सोमबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना संम्रमण पुष्टि भएको हो । सुर्खेत पञ्चपुरीनगरपालिकाका ४ जना , चिङ्गाड गाउँपालिकाका १ जना रहेका छन् ।

यस्तै दैलेख नारायण नगरपालिकाका १८ जना, नौमुले गाउँपालिकाका १ जना र कालिकोट राष्कोट नगरपालिकाका १ जनामा कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए । मंगल बारसम्म कर्णालीमा संक्रमितको संख्या १३०७ जना पुगेको छ । सोमबारसम्म कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ५६० पुगेको छ । कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ५ पुगेको छ ।