Loading... आजः मङ्लबार, साउन १९, २०७८
Trending

कोरोना संक्रमण बाट थप एक जनाको मृत्यु

सुर्खेत :  कर्णाली प्रदेशमा कोरोना संक्रमण बाट थप एक जनाको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारत दैलेखको दुल्लु नगरपालिका वडा नः ३ का ३५ बर्षीय पुरुषको सोमवार राती मृत्यु भएको हो । असार ३ गते सामान्य उपचारका लागि आएका ती पुरुषमा चेकजाँच गर्दा क्षयरोग भएको पाइएको प्रदेश अस्पताल सुर्खेतका डा केएन पौड्याल बताए ।

सामान्य बिरामी जस्तै उपचारका लागि दैलेख बाट आएको र उनमा कोरोना संक्रमण भएदेखी आइसीयुमा राखेर उपचार गरिएको थियो । मृतकले दुई महिना अघि क्षयरोगको औषधी सेवन गर्ने गरेको र बिरामी भएपछि उनी प्रदेश अस्पतालमा उपचार गर्न आएको बताइएको छ । उनको मृत्यु संगै कर्णाली प्रदेशमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

error: Content is protected !!